https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, साउन १४  गते ।
जनताले मलाई पर्सा गाउँपालिकाको समग्र विकासको लागि मतदान गरेर अध्यक्ष पदमा निर्वाचित गरेकोले आफु जनचाहना अनुसारनै काम गर्ने गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव”विस्पत”ले बताउनुभएको छ । मत माग्ने बेलामा जनतासँग गरेको बाचा पूरा गर्न आफु दिनरात लागिपरेको उहाँले बताउनुभएको छ । 

सर्लाही जिल्लाकै सबैभन्दा कम जनसंख्या तथा क्षेत्रफल भएको यस पालिकाको भौतिक विकास मात्र नभइ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेकोले यसलाई प्राथमिकतामा राखेर अगाडी बढेको यादवले बताउनु भएको छ ।

उनले हुलाकी सडकको लागि साइड क्लिरियन्सको काम, खानेपानीको समस्याको समाधान गर्न समरसेल माेटर जडान, २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न आकस्मिक स्वास्थ्य संस्थाको स्थापना लगायतका कामहरु गरेका छन् ।

 उनले विकास निर्माण तथा जनहितका लागि गरिने काममा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार