https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर : महाेत्तरीकाे जलेश्वर नगरपालिकाको वडा नम्बर– ५ चौरिया गाउँमा रहेको हनुमान मन्दिरमा अवस्थित हनुमान भगवानको मूर्ति अगाडि नेताको शालिक बनाइएको विरोधमा स्थानीय युवाहरुले आज जिल्ला सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा मधेश प्रदेश सरकारको ६५ लाख रुपैयाको लागतमा चौरिया गाउँमा रहेको हनुमान मन्दिरकै प्राङ्गनमा स्वर्गीय नेता गणेश नेपालीको शालिक तथा पार्क निर्माण योजना अन्तर्गत मन्दिरभित्र रहेको हनुमान भगवानको ठीक पहिले नेता नेपालीको शालिक बनाएर भगवानलाई ओझेलमा पारेको र नेतालाई भगवान भन्दा ठूलो बनाएको भन्दै स्थानीय करीब ५० जना युवाहरुले जलेश्वरमा प्रदर्शन गरेका छन् ।

स्व.नेता गणेश नेपालीका छोरा नेपाली काँग्रेसका नेता बजरंग नेपालीले मधेश प्रदेश सरकारबाट आफ्नो पहुँचको आधारमा बजेट ल्याएर मन्दिरभित्रै शालिक निर्माण गरेर साँस्कृतिक अपराध गर्नुका साथै बजेटको दुरुपयोग गरेर लाखौ अनियमितता समेत गरेको आरोप लगाउँदै युवाहरुले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

हिन्दु बाहुल्यता रहेको नेपालको आराध्यदेव पशुपतिनाथ, माता सीता, गौतम बुद्ध सहित देशमा विभिन्न गाउँठाउँमा रहेको विभिन्न देवी देवताका मन्दिरमा कही, कतै पनि कुनै नेता वा शहिदको शालिक बनाएको छैन् ।

तर चौरिया गाउँमा भगवान हनुमानको मूर्ति अगाडि हनुमानको मूर्ति भन्दा पनि ठूलो आकारमा बनाइएको यस शालिकले हिन्दुहरुको धार्मिक आस्थामाथि ठूलो प्रहार गरेको भन्दै स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित सरोकारवाला निकायसमक्ष यस ज्ञापन पत्र पठाइदिन आग्रह गरेको ज्ञापन पत्रमा उल्लेख छ ।मधेश प्रदेशको ६५ लाख बजेटलाई बजरंग नेपालीले आफ्नो खल्तीको मान्छे स्थानीय मदन कापरलाई अध्यक्ष बनाएर १५ लाख र उनका छोरा रबिन कापरलाई अध्यक्ष बनाएर ५० लाखको लागतमा शालिक र पार्क निर्माण सम्पन्न भएको देखाएर ठूलो आर्थिक अनियमितता समेत गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

हनुमान मन्दिरमा पूजा अर्चन ागर्न जाने जोकोहीलाई पनि भगवान भन्दा पहिले स्व.नेता गणेश नेपालीको शालिकको दर्शन गर्नुपर्ने अवस्था सिर्जना गरेर बजरंग नेपालीले नियतवस हिन्दु धर्ममाथि खेलबाड गरेको समेत ज्ञापन पत्रमा उल्लेख छ ।

मन्दिरभित्र शालिक निर्माण गर्न पाउँदैन, भ्रष्टाचारी बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, भगवानको मूर्ति अगाडि नेताको शालिक राख्न पाउँदैन, बजरंग नेपाली मुर्दाबाद लगायतका नाराहरु लगाउँदै स्थानीयहरुले जलेश्वर नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

प्रदर्शनकारीहरुले मन्दिर प्राङ्गनबाट नेताको शालिक तुरुन्त हटाइनुपर्ने, योजनामा २५÷३० लाख खर्च भएकोलाई ६५ लाख खर्च देखाएर गरिएको भ्रष्टाचारलाई सरोकारवाला निकायहरुले स्थलगत अनुगमन निरीक्षण गरेर अनियमितता भएको रकमा बाँकी सरह असुल उपर गर्नुपर्ने र दोषी देखिएकाहरुलाई नेपालको कानून बमोजिम हदैसम्मको कारबाही गरिनुपर्ने माँग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार