https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काडमाडौं, साउन १५ गते ।
देशमा सामाजिक न्याय र सुशासन सहित आम जनताको लोकतन्त्र प्राप्तिका लागी क्रियाशील संगठन आईटी आर्मीको विशेष पहलमा ७५ जना विद्यर्थीहरूले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति पाउने निश्चित भएको छ ।

आईटी आर्मीको तर्फबाट राष्ट्रिय अध्यक्ष चन्द्र भुषण साह तथा सान ईन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल डा. केशव स्वीडे र कार्यकारी निर्देशक गोपाल भण्डारी बीच भएको सम्झौता – पत्र अनुसार मुख्यतः मानव विकास सूचकांक सहित शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका लगभग हरेक सूचकांकहरुमा कमजोर रहेको मधेश प्रदेशको भूगोलबाट एसईई (SEE) परीक्षामा राम्रो गर्ने ७५ जना विद्यार्थीहरुलाई आईटी आर्मीको सिफारिशमा छात्रवृत्ति प्रदान गर्ने आपसी सम्झौता भएको हो ।

आइतबार साँझ काडमाडौंक़ो चाबहिल, पहेलो पुल स्थित सान ईन्टरनेशनल कलेजमा भएको उक्त सम्झौतामा प्रत्येक वर्ष २० जना विद्यर्थीलाई पूर्ण छात्रवृत्ति, ५ जना विद्यार्थीलाई असहाय छात्रवृत्ति र ५० जना विद्यार्थीलाई वार्षिक शुल्कमा ९०% छुट सहितको आंशिक छात्रवृत्ति प्रदान गरिने सहमति भएको विषय कार्यक्रममा सहभागी कलेजका सहनिर्देशक नरेन्द्र भण्डारीले जनाएका छन् ।

कार्यक्रममा अध्यक्ष साहले भने, “नेपालको दुई ओटा सम्मानित संस्थाहरु बिच भएको यस किसिमको सकरात्मक सहकार्यले शिक्षा क्षेत्र मार्फत समाज रुपान्तरण संगसंगैं देशको समुन्नतिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास छ । देश र जनताको सर्वोपरि हितलाई केन्द्र भागमा राखेर आगामी दिनहरूमा पनि हामी यस किसिमको विभिन्न रचनात्मक सहकार्य गरेर अगाडि बढ्न थप प्रेरित एवं प्रतिबद्ध छौं ।”

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा सान ईन्टरनेशनल कलेज परिवारले आईटी आर्मीका अध्यक्ष सीबी साहलाई खादा लगाएर मायाको चिनो प्रदान गरी सम्मानित समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार