https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विराटनगर, साउन १७ गते ।
विराटनगरमा मिटर ब्याज पीडित विनित सोनारको मृत्यु भएको छ ।

मिटरब्याजको पीडामा पिल्सिएका सोनारले श्रावण ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका थिए ।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा  बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरीक्षक पपु नायकले जानकारी दिएका छन् ।

कटहरी गाउँपालिका–३ सोनारकी श्रीमती रीता सोनारले आर.के अस्पतालको डा. नितेष तिवारीविरुद्ध मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई श्रावण ७ गते छलफलका लागि बोलाएको थियो ।

नितेष तिवारीविरुद्ध मिटरब्याजको उजुरी दिएका सोनारलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

लेनदेनको कागज नदेखिए पनि सोनारले डा तिवारीलाई चेक दिएका थिए । ऋण लिँदा ग्यारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा डा तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार