धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
गाैशाला : महोत्तरीको औरहीमा ६० किलो लागुऔषध गाजा बरामद गरेको छ । औरही नगरपालिका-२ फुलवरिया गाउँबाट सोही वडाको चेपकट गाउँ जाने कृषि सडक छेउमा रहेको उखु खेतमा वेवारिस अवस्थामा तिन वटा गाँजाको पोका बरामद गरिएको हाे ।
औरही नगरपालिका २ फुलवरिया बस्ने स्थानीय श्याम श्रेष्ठले लगाएको उखु खेतमा गाँजाको पोका लुकाई छिपाई राखेको खेतमा उखु गोडमेल गर्ने क्रममा कामदारले देखे पछि बम हुन सक्ने आशंकामा श्याम श्रेष्ठको पत्नी सम्झना श्रेष्ठले ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी औरहीमा खबर गरेका थिए ।
प्रहरी चौकी औरहीबाट प्र.स.नि राम प्रवेश महतोको कमाण्डमा खटिएको टोलीले गाँजाकाे पोका रहेकाे एकिन गरि लागुऔषध गाँजा बरामद गरेको हो ।
सुचना पाए लगतै पुगेका प्रहरी टोलीले तीन वटा पोका पारेको गाँजाको पैकेटमा A- कोड गरिएको तीन वटा पोकामा करिब ६० के.जी अबैध गाँजा रहेको उक्त गाजा बरामद गरि ईलाका प्रहरी कार्यालय गौशाला पठाएको गाजा कसले खेतमा राखेको भन्ने पहिचान नभएको अन्य अनुसन्धान एबम गाजा धनिको खोजि तलासी भई रहेको छ।
गाँजाको मुल्य अन्दाजी ५ लाख बराबरको रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।