https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो
रौतहट, साउन १७ गते ।
रौतहटको इशनाथ नगरपालिका-९ डुमरीयामा सडकको जग्गामा समशानघाट कायम गर्न खोज्दा नगरपालिका बाट चिठी काटी रोक्का गर्दा पनि न मानीकन सडकको जग्गालाई शमसानघाट कायम गरि दुवै समुदायबीच द्धन्द्ध हुने स्थिती सृजना बनाएको  पाइएको छ ।

इशनाथ नगरपालिकाका उपमेयर परवेज आलमले भन्ने सो जग्गाको विषयमा म लाई केही थाहा नरहेको समाजिक संजालमा वाडअध्यक्ष रामबाबु यादवले मेरो चरित्र हत्या गराउने र मेरो दुवै समुदायबीच अनावश्यक विवाद गराउन र सम्प्रादायीक दंगा फैलाउन एवं द्धन्द्ध गराउन खोजेको उप_प्रमुख प्रवेज आलमले आरोप लगाएका छन् ।

डुमरीयामा रहेको सडकको छेउ छेउमा खालि जग्गालाई  घेराउ गर्नलागेकोले स्थानीय सेख नसिरले निवेदन दिदा नेयाक समितिबाट निर्णय हुनेजेल सम्म रोका गरी पाउ चिठी पठाउदा नेयाक समितिको चिट्ठी लाई न मानिकन जोर जबर्जस्ती गरी घेराउ गरेका हुन । राजपुर नगरपालिका देखी ईशनाथ नगरपालिकाको डुमरीया गाउँ जाने मुख्य बाटोकै छेउमा रहेको सो सडकको जग्गामा २० वर्ष पहिला नै त्याहा शमसान घाट थियो र २० वर्ष देखि त्यस ठाउँमा केही भईरहेको थिएन र अहिले आएर वाडअध्यक्ष रामबाबु यादवले आफ्नो जोरजबर्जस्ती मनस्थिती बनाई सो सडकको बाटोमा शमसान घाट बनाउनको लागि घेराउ गरेको हो स्थानीयहरुले बताएका छन ।

सो सडक जग्गाको पुर्वतर्फ १० वर्ष अघि  शेख नसिरले जग्गा किनेको थियो । नसिरको जग्गा भन्दा पच्छिम तर्फ मुख्य बाटोलाई छोएर सडक जग्गा खाली  रहेको छ ।
सो सडक को जग्गालाई कब्जा गर्ने उद्देश्यले पिलर, तारवार लगाएर घेराबन्दी गर्ने वाडअध्यक्षले योजना बनाएका छन ।

रामबाबु यादवले दुवै समुदायबिच समाजमा समप्रदायीका दंगा, अशान्ति मच्चाउन र द्धन्द्ध गराउन खोजेको वडा अध्यक्ष प्रत्यासी बुनिलाल कुशवाहाले आरोप लगाए ।

रामबाबु यादवले छलफलको माध्यमले तुरुन्त समस्याको समाधान खोज्नुपर्ने उनले बताए । समस्याको समाधान नखोजे दुई समुदायबीच सम्प्रदायीक दंगा भई ठुलो मानविय क्षति हुन सक्ने र त्यसको जिम्मेवारी रामबाबु यादवले लिनुपर्ने बुनिलाला कुशवाहाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार