
गाैशाला : महोत्तरीकाे रामगोपालपुरमा जसपाका नगर कमिटीद्वारा ७ बुँदे माग राख्दै नगर प्रमुख रामदुलार शाहलाई ज्ञापनपत्र बुझाएकाे छ ।

शुक्रबार नगर प्रमुख रामदुलार साहकाे कार्य कक्षमा जनता समाजवादी पार्टी नेपाल रामगोपालपुर नगरपालिकाका नगर कमिटी इन्चार्ज सुरेश कुमार यादवको अगुवाइमा ७ बुदे माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा मागहरु : रामगोपालपुर नगरपालिकालाई सुखा नगरपालिका घाेषणा गराइयोस, किसानलाई क्षति पूर्ति राहत उपलब्ध गराईयोस, प्रत्येक वडाका किसानहरुलाई कृषि मिटर फ्री उपलब्ध गराइयोस, खानेपानी समस्या भएको ठाउँमा स्थलगत अनुगमन गरि सहजीकरन गराइयोस, हाल आमजनमानसमा आँखा सम्बन्धि समस्या धेरै नै देखा परेको हुनाले यस विषयमा नगरपालिकाले आँखा शिबिर तथा औषधिको व्यवस्था मिलाइयोस, किसानहरुलाई कृषि मिटरको बिल र अति बिपन्नहरुको घर मिटरको बिल नि: शुल्क गराइयोस र हाल नेपाल भरिमा महामारीको रुपमा फैलिएको लम्पि स्कीन रोग नगरपालिका भित्रका गाई वस्तुहरूमा पनि भयावह रूपमा देखापरेकोले यस सम्बन्धि खोप र पशु चिकित्सकको लागत हिसाबले व्यवस्था मिलाउनु पर्याे लगायतको मागहरु राख्दै ज्ञापनपत्र बुझाएका हुन ।
