https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रोशन कुमार महतो
बर्दिबास, साउन २० गते ।
महोत्तरीको बर्दिबास नगरपालिका विजलपुरा स्वस्थ्य चौकीको बर्थिंग सेन्टर एवम् जनस्वाथ्य प्रयोगशाला उद्धघाटन भएको छ ।

उक्त उद्धघाटन कार्यकममा बोलदै बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले एक महिना भित्रै यस विजलपुरा स्वास्थ्य चौकीमा एम्वुलेन्स दिने घोषणा गर्नु भएको छ ।

म निर्वाचित भए लगतै स्वाथ्य क्षेत्रमा कुनै किसिमको कमीकमजोर नरहने गरी स्वास्थ्य क्षेत्रमा सवल बनाउनका यस वर्दिवास नगरपालिका वडा १२ र १३ का लागि स्वास्थ्य चौकीमा बर्थिंग सेन्टरको सुविधाले अझ सुधारात्मक हुँदै आएको हामीले विश्वास लिएका छौ ।

थप सेवासुविधाले वडा १२ र १३ लाई मात्र नभई यसले हाम्रो छिमेकी नगरपालिका भगहा नगरपालिकाको सेवा ग्रागीका लागि पनि सहयो मिल्ने बताउनु भयो ।

गर्भवति महिला दिदिबहिनीहरुलागि सरकारले दिदै आएका सेवा सुविधामा थप म निर्वाचित भए लगतै एक हजार गरि जम्मा दुई हजार प्रतोसाहन भत्ता दिदै आएको र हालसालै बर्दिवास नगरपालिकाले गर्भवति महिला तथा असक्तका लागि नगर द्धारा निशुल्क एम्वुलेन्स सेवामा सहयोग गदै आएका मेयर क्षेत्रीले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री, विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननिय श्री शारदा देवी थापा, नगर उप प्रमुख तारा देवी महतो ,विषिष्ट अतिथि समाजसेवी राम कुमारी महतो, गौशाला नगरपालिकाका नगरप्रमुख डा .दिपेन्द्र महतो, बर्दिवास नगरपालिकाका वडा अध्यक्ष लक्षमन सिंह र बर्दिवास नगरपालिकाका स्वास्थ्य प्रमुख सुरेश पासवान लगायतका सहभागी रहेका थिए ।

गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि जनकपुर, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको बर्दिबास नगरपालिका वडा नं १३ विजलपुराका वडाध्यक्ष लक्ष्मण महतोले बताउनुभयो ।

वडाध्यक्ष महतोले भन्नुभयो, “नगरपालिकाको सहयोगमा प्रसूति केन्द्र सञ्चालन भएको हो ।” वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसूति केन्द्र स्थापनाका लागि उपकरणको व्यवस्थापन गरेको छ । उहाँले भन्नुभयो, “बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने सबै उपकरण खरीद गरि उद्घाटन गरिएको छ ।”

उनीहरु यसअघि सुत्केरी हुन जनकपुर, काठमाडौं र विराटनगरका अस्पताल जाने गरेका थिए । प्रसूति हुनका लागि लाखौँ खर्च हुने गर्दथ्यो । कमजोर आर्थिक अवस्था भएका गर्भवती घरमै असुरिक्षत रुपमा बच्चा जन्माउन बाध्य थिए ।

घरमै सुत्केरी हुनुलाई मातृ शिशु स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ । बर्थिङ सेन्टरबाट बिजलपुरा, बर्दिवास र गौशालाका गर्भवतीलाई पनि सुविधा पुग्ने जनाइएको छ । बर्थिङ सेन्टरको शनिबार बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार