
मलंगवा : सर्लाही जिल्लाकाे सदरमुकाम मलंगवामा एक युवक मृत फेला परेकाे छ ।

आईतवार बिहान सदरमुकाम मलंगवा स्थित कृष्णामती माविमा अन्दाजी ३० वर्षिय एक युवक मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अधिक मात्रामा लागुऔषध सेवनले निजकाे मृत्यु भएकाे जनाइएको छ । शवलाई पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।