भरतपुर, साउन २१ गते ।  
आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ ।

भरतपुर महानगरपालिकाका शिक्षा शाखाले एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो ।

सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ । विद्यालयमा एडिनो भाइरसको संक्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिका शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार