https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह 
बिरगंज, साउन २२ गते ।
बिरगंज स्थित पावर हाउस चौक नीर रहेको कादम्बरी विधालयले आयोजना गरेको मोडेल युनाइटेड नेशन कार्यक्रमको आज बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले उद्घाटन गरेका छन । उनले २२ गते देखि २४ गते सम्म चल्ने कार्यक्रमलाई आज पानसमा बत्ती जलाइ औपचारिक रुपमा कार्यक्रमको शुभ आरम्भ गरेका छन ।

विद्यार्थीहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उप-मेयर इम्तियाज आलमले अहिलेको मोडेल युनाइटेड नेसन जस्तो अन्तराष्ट्रिय स्तरको कार्यक्रमले विद्यार्थीहरुलाई आगामी दिनहरुमा नेतृत्व विकास र बिद्यार्थीको क्षमता बढाउन सहयोग गरेको बताए । उनले भने,यस्ता कार्यक्रमले विद्यार्थीमा भएको क्षमतालाई सानै उमेरमा उजागर गराउने अवसर पाउने उनले बताए ।

कार्यक्रममा सो बिधालयका प्राचार्य राजेन्द्र आचार्यले यस्ता क्रियाकलापहरुले विद्यार्थीहरुलाई पाठ्यपुस्तक र पाठ्यक्रमहरू भन्दामाथि उठेर विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघसभाले सम्बोधन गर्ने सवालहरुमा तीन दिनसम्म विद्यार्थीहरू बीच अन्तरक्रिया गराई आगामी दिनहरुमा कुटनीतिक क्षेत्रमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आज भएको उद्घाटन कार्यक्रममा सो विधालयका शिक्षक, शिक्षिका लगायत बिद्यार्थीहरु को उपस्तिथि रहेको थियो।त्यस्तै नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव, उपमेयरका स्वकिय सचिव शेष कुमार हजराको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार