पवन प्रसाद शाह
बिरगंज, साउन २२ गते ।
नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म “विशेष आन्तरिक अभियान” चलाउने केन्द्रीय परिपत्र अनुरुप पर्सा जिल्ला मा आज पर्सा जिल्ला मा पनि कार्यक्रम भएको छ । सो कार्यक्रम मा पर्सा जिल्ला मा अभियान लाई सफल बनाउन प्रतिनिधि को रुपमा आएका नेपाली कांग्रेस का केन्द्रिय सह महामन्त्री महेन्द्र यादव को प्रमुख अतिथि मा बसेको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रिय सह महामन्त्री महेन्द्र यादव ले अब को दिन मा नेपाली कांग्रेस लाई एक ढिका बनाएर लैजान बताए । नेपाली कांग्रेस गुट उपगट को कारण कमजोर हुँदै गएको ले अहिके सम्पुर्ण नेपाली कांग्रेस का नेता कार्यकर्ता लाई समेटेर बलियो पार्टी बनाउने बताए । आउने दिन मा पार्टी लाई फुल बहुमत ले बिजय गारौने उदेश्य ले देश भरी नेपाली कांग्रेस ले विशेष आन्तरिक अभियान कार्यक्रम चलाएको बताए ।
आज भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष एवम प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अजय चौरसिया, प्रदेश प्रतिनिधि उपेन्द्र जैसवाल, प्रदेश सभा सदस्य शंकर चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्सा का उप सभापति राम नारायण कुर्मी, पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा को उपस्थिति रहेको थियो ।