
काठमाडौं : हाल बागमतीको पधेरादोभान (कमैया) जलमापन केन्द्रमा जलसतह खतराको तह पार गरेको र अझै बढ्दो क्रममा रहेकोले रौतहट र सर्लाहीका बागमती नदी तटियक्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागको बाढी पुर्वानुमान महाशाखाले आज बेलुका सम्म नै आग्रह गरेको छ ।

यस्तै काठमान्डौ उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको र बिष्णुमती, धोबीखोला र मनोहरा लगायतका नदीमा जलसतह बढ्दो क्रममा रहेको र खतराको तहसम्म पुग्न लागेकोले नदी तटियक्षेत्रमा सतर्कता अपनाउन र सडक यात्रा गर्नेहरुले ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यसैगरि बबइ नदीको चेपाङ, बर्दियाको बाढी मापन केन्द्रमा जलसतह खतराको तह पार गरेकोले बर्दियाको नदी तटियक्षेत्रमा २ बजेसम्म सतर्कता अपनाउन आग्रह छ ।


त्यस्तै कमला नदी सिन्धुली रानीबनस्थित जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेकोले सिन्धुलीबाट तल्लो तटिय तथा डुबान भैरहने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।