गाैशाला : आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले तिन दिनका लागि विद्यालय बन्द गरेको छ ।
नगरपालिका भित्र विद्यालयमा अध्ययनरत बालबालिका र शिक्षकहरुमा समेत आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाेले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गौशाला नगरपालिकाका शिक्षा अधिकृत बिर बहादुर बलम्पाकी द्वारा जारी विज्ञप्ति अनुसार साउन २४ गतेदेखि २६ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।