गौशाला : महोत्तरीको गौशालामा हिमाल अफसेट प्रेसमा आगलगी, आगलगीबाट १२ लाखको क्षति भएको छ । गौशाला नगरपालिका वडा नं. ५ पुलचौक जाने बाटोमा रहेको ओम प्रकाश गुप्ता (चन्दन गुप्ता) को हिमालय अफसेट प्रेसमा आगलगी हुँदा करिब १२ लाख बराबरको मेसिन तथा अन्य सामग्री जलेर नष्ट भएको हाे ।
पसल संचालक चन्दन साहको अनुसार रातीदेखी नै बिजुलि अवरुद्ध रहेको र बिहान एक्कासी अत्यधिक हाई भोल्टेजको कारण विद्युत सर्किट सर्ट भई पसलमा आगो लागी पसल भित्र रहेको अफसेट मेसिन सहित अन्य सामग्री जलेर नष्ट हुँदा करिब १२ लाख बराबरकाे क्षति भएको संचालक गुप्ताले बताए ।
पसलमा लागेको आगो बिहान मोर्निङ्ग वाकमा निस्केको व्यक्तिहरुले पसल भित्रबाट आगो र धुवाँको मुस्लोधार देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीको टोली र स्थानीयको सहायताले आगोलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
आगलगीबाट मानवीय क्षति नभएको र आगलगीको मुख्य कारण विद्युतको सर्टसर्किटबाट भएको बताए ।