https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह  
बिरगंज, साउन २५ गते । 
नेपाली काँग्रेस मधेश प्रदेशका सभापतिले नितेश कुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन् । मधेश प्रदेशका भौतिक पुर्वधार तथा यातायात मन्त्री एवम नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव द्वारा हस्ताक्षरित पत्रमा पर्सा जिल्लाबाट राहुल गुप्ता र निलिमा पौडेल मनोनीत भएका छन ।

पर्सा जिल्लाबाट मनोनीत भएका राहुल गुप्ता प्रेस युनियन नेपाल मधेश प्रदेशको लेखा सदस्य तथा अनलाइन मिडिया प्रहार डेलि डट कमका संचालक एवम प्रकाशक हुन।त्यस्तै निलिमा पौडेल प्रेस युनियन नेपालको केन्द्रिय सदस्य एवम नेपाल पत्रकार महासंघ पर्सा कि जिल्ला सदस्य हुन । हाल उनी पर्सा जिल्लाको चर्चित रेडियो बिरगंजमा कार्यरत रहेकी छिन ।

नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहितको धारा ११ क (ख) बमोजिम नितेश गुप्ता प्रमुख रहने गरी नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका छन ।त्यस्तै उप-प्रमुखमा सप्तरीका जाल्पाना कुमारी सदार रहेकी छिन ।

त्यस्तै सदस्यहरु मा महोत्तरीबाट सन्तोष सिंह सप्तरी बाट सुधा देवी, ललिता साह सिराहा बाट विनोद मण्डल, विंदु सिंह त्यस्तै सर्लाहीबाट निकेश त्रिपाठी, रोशनकुमार साह, धनुषा बाट कमल साह, बारा बाट सन्दीप यादव, सिकिन्द्र पासवान, निरंजनकुमार साह, अन्जली गुप्ता, रौतहट बाट प्रभातकुमार झा, सागर हुमागाई, राजेश्वर पाण्डे मनोनयन गरिएको नेपाली कांग्रेसका मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार