
काठमाडौं : मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको छ । मोरङमा क्लिनिक चलाएर बसेका मनिषको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित नक्कली डाक्टर माथि चलाएको अपरेसनमा पक्राउ पर्नेहरुको संख्या अहिलेसम्म एक सांसदसहित ७ जना पुगेको छ ।
यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन् । ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो ।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो ।
बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव रहेका छन् ।