https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह  
बिरगंज : सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गर्दै आई.टि आर्मी बारा जिल्ला इन्चार्ज सनि गुप्ताले पुरातत्व विभाग, रामशाहपथ, काठमाडौं लाइ ज्ञापनपत्र बुझाएका छन् ।

सिम्रौनगढ नेपालको एक ऐतिहासिक, पुरातात्विक, धार्मिक र साँस्कृतिक विरासतले समृद्ध सम्पदा रहेको विषय सर्वविदित नै छ । परापूर्वकालदेखी नै यहाँ मानव बस्ती रहेको थियो । हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिनत पुरातात्विक संरचना र तीनका भगनावशेषहरु तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरु यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू छन् ज्ञापनपत्रमा उल्लेख छ ।

यस क्षेत्रमा यो वर्ष पनि कयौं मुर्तिहरु पोखरी खन्ने क्रममा भेटेको छ ।  त्यस संगसंगैं पुरानो जति मुर्तिहरु छ्न त्यसको संरक्षण हुनसकेको छैन । यसको ठोस संरक्षण हुन नसक्नुको प्रमुख कारण पुरातत्व विभाग र नेपाल सरकारको हाम्रो मधेश प्रदेशप्रतिको विभेदपूर्ण अन्तरदृष्टि, अकर्मण्यता, चरम उदाशीनता एवं लापरवाही रहेको हाम्रो ठहर छ ।  यस आपत्तिजनक विषयहरुलाई देश र जनताको हित रक्षार्थ किमार्थ स्वीकार गर्न सकिदैन ‌भनदै ज्ञापनपत्रमा उल्लेख छ ।

सिम्रौनगढ राज्यमाथी ग्यासुदिन तुग्लकले आक्रमण गर्दा सिम्रौनगढ राज्यको कला, कृति र सम्पदालाई अंगभङ गरि अन्न भणडारमा आगो समेत लगाई बर्बाद गरेको थियो । त्यही जलेको अन्न भणडारको जलेको चामलको  अवशेष सिम्रौनगढ नपा – ६ बजार नजिकै एउटा डिलमा खोज्दा थोरै मात्रमा भेटदै आएको थियो । तर भर्खर ५ दिन अगाडि २०८० श्रवान २० गतेको दिन वडा नं. ७ को सिमाना नजिकै रहेको डिल छेउमा बाटोखन्दा डढेको चामलको भणडार भेटेको छ ।

तसर्थ, वैभव र वीरताको गौरवशाली विरासत बोकेको ऐतिहासिक एवं पुरातात्विक महत्वको सिम्रौनगढ क्षेत्रलाई विश्व समप्दा सूचीमा सूचिकृत गराउन तथा अहिले भेटिएको अन्न भणडार लगायतका पुरातात्विक अवशेषहरुलाई तत्काल संरक्षण र प्रबर्द्धन गर्न आई.टि आर्मी को केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज सनि गुप्ताले ज्ञापनपत्र मार्फत जोडदार  माग गरेका छन् ।

साथै, हाम्रो यस न्यायोचित मागलाई कुनै पनि किन्तु परन्तुको बहानामा नजरअन्दाज गर्ने दुस्प्रयास गरे हामी बाध्य भएर कडाभन्दा कडा संघर्षको कार्यक्रम गर्न बाध्य हुने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी पुरातत्व विभाग र राज्य पक्षले लिनुपर्ने कुराको अग्रीम जानकारी बोदार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार,काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई जनाउदै आई.टि आर्मी को केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज सनि गुप्ताद्वारा हस्ताक्षरित  ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार