https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाहीमा दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि टाउकोमात्र फेला परेको युवकको शनिबार साँझ लालबन्दी जङ्गलमा शरीरफेला परेको छ ।

बिहीबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका-४, सासापुर स्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परेको थियो । युवकको सुरुमा परिचय नै खुल्न सकेन । शुक्रबार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेक राज रहेको खुलेको थियो ।

अभिशेकको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका-६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो । राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बताए।एसपी सुवेदीले युवकको अपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताए ।

“खोलामा टाउको र जङ्गलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेशेवर व्यक्तिहरुबाट हत्या भएको जस्तो देखिन्छ,” एसपी सुवेदीले भने, “हामी घटनाको सम्बन्धमा सुक्ष्म ढङ्गबाट अनुसन्धानमा जुटेको छौं,”।उनका अनुसार मृतकको कम्मरदेखि तलको भागमा कुनै कपडा थिएन । माथिल्लो भागमा टिसर्ट देखिन्छ ।

युवकको टाउको फेला परेको लखन्देही खोला र शरीर भेटिएको लालबन्दी जङ्गल करिव छ किलोमिटर दुरीमा पर्छ ।प्रहरी उपरीक्षक सुवेदीले युवकलाई अन्य कुनै ठाउँमा हत्या गरेर यहाँ ल्याइ बेग्लाबेग्लै स्थानमा टाउको र शरीर फालेको हुनसक्ने बताए ।शनिबार शरीर फेला परेको स्थान राजमार्ग नजिकै रहेकाले त्यहाँ हत्या गर्न असम्भव देखिएको उनले बताए ।

युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारले सनाखत गरेपछि टाउको शुक्रबार दिउँसो मात्रै पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो ।परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सितामढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उनका साथीहरु अहिले सम्पर्क बिहीन छन् । उनीहरुको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार