
महोत्तरी /नगरभरिका सामुदायिक शिक्षा र स्वास्थ्यक्षेत्रलाई राजनितीक र भयमुक्तक्षेत्र घोषणा गरिने गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताएका छन् । आईतबार नेपाल शिक्षक महासंघले वुझाएको ज्ञापनपत्र वुझदै मेयर डा महतोेले यस नगरपालिकाको हरेक सामुदायिकस्तरको विद्यालय र स्वास्थ्य संस्थालाई राजनितीक र भयको वातावर णबाट टाढा नै राख्ने धारणा राखेका छन् ।
उनले भने, ‘अव कुनै पनि शिक्षक कसैको दवावमा नभई निष्पक्षरुपमा सेवा दिनका लागि तत्लिन रहनेछ । शिक्षकको सवालमा नगरपालिका हरपल सहयोगात्मक र सकारात्मक भुमिकामा प्रस्तुत रहनेछ ।’अव यहाँ ६० बर्ष उमेर पुरा गरेका योग्य व्यक्तिलाई स्वयमसेवक शिक्षकको रुरुपमा नियुक्त गरि नगरको शैक्षिक गतिविधीमा सुधार ल्याउने प्रयासमा आफु रहको उनले धारणा राखेका छन् । यसबर्ष नगरपालिकाको बार्षिक बजेट योजनामा १५ करोड ६७ लाख रुपैयाँ विकासखर्चको रुपमा प्रयोग गरिने मेयर महतोले जानकारी दिए ।
शिक्षकहरुको ज्याज माग सम्बोधन गराउनका लागि आफुले हरसम्भव सहयोगीको भुमिका निर्वाह गरिने महतोले धारणा राखेका छन् ।
नेपाल शिक्षक महासंघको केन्द्रिय निती निर्देशन अनुसार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षकहरुले मेयर डा. महतोलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै एकीकृत अखिल नेपाल शिक्षक संगठन महोत्तरीका अध्यक्ष रामउमेश यादवले नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरुद्धमा देशभरिमा शिक्षकहरु सरकारलाई दवाव दिनका लागि आन्दोलित भएको जनाएको छ । आईतबार देशभरिका पालिकामा ज्ञापनपत्र बुझाएका शिक्षकहरुले साउन ३० गतेका दिन जिल्ला सम्वयन ईकाई कार्यालयमा र साउन ३२ गतेका दिन प्रदेशस्तरीय शिक्षा निर्देशनालयमा धर्ना दिदै ज्ञापनपत्र बुझाउने अध्यक्ष यादवले जानकारी दिएका छन् ।
यता महोत्तरीको १५ वटै पालिकामा पुगि शिक्षकहरुले सम्बन्धित पालिकामा दुई घण्टा धर्ना दिदै प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।