महोत्तरी : पेशागत सुरक्षाको ग्यारेन्टी, उन्नत विद्यालय शिक्षा र शिक्षक कर्मचारी मैत्री सङ्घीय शिक्षा ऐनको माग गर्दै आइतबार शिक्षकहरूले देश भरिकै ७५३ ओटै स्थानीय तहहरुमा धर्ना दिएका छन ।
नेपाल शिक्षक महासङ्घराष्ट्रिय समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत महोत्तरीको पालिका स्तरमा रहेको गाउँ शिक्षक महासंघ र नगर शिक्षक महासङ्घको अगुवाइमा स्थानिय तहको कार्यालयमा धर्ना दिएका छन।
पालिकामा बिहान ११ बजे देखिनै सबै पालिकाको कार्यालय अगाडि बसेर शिक्षकहरूले धर्ना दिएका छन् ।
धर्नामा बसेका विभिन्न सङ्गठनमा आबद्ध शिक्षकहरूले अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐनले प्रबन्ध गरेका केही दफाहरू संविधान पेसागत सुरक्षा र स्वाभिमानको विरुद्ध रहेको बताएका छन् ।
नेपाल शिक्षक महासङ्घ गाउँ कमिटी र नगर कमिटीको अगुवाइमा भएको धर्ना कार्यक्रममा नेपाल शिक्षक सङ्घ, राहत शिक्षक समिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको समेत सहभागिता रहेको जनाइएको छ ।
करिब ३ घण्टा लामो धर्ना पछी केन्द्रको सर्कुलर अनुसार बिगतमा भएका ३० बुंदे र ५१ बुंदे सम्झौता प्रमुख प्रशासकिय अधिकृतको माध्यमबाट सरकारलाइ बुझाएको छ।
सोनमा गाउँपालिक शिक्षक महासङ्घका अध्यक्ष सुर्यदेव यादवले शिक्षक महासङ्घ राष्ट्रिय समितिले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार गाउँपालिकामा धर्ना कार्यक्रम गरिएको जनाउनु हुँदै साउन ३० गते जिल्ला समन्वय एकाइमा धर्ना ३२ गते प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना कार्यक्रम रहेको बताएका छन ।