
जनकपुरधाम : सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन् ।
कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन् ।
मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ बिहान शरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएको थियो ।
प्रहरीले घटनास्थल नजीकै मिर्चैया नगरपालिका ६ जिवा टोलस्थित ज्ञानी केसीको आँप बगैचामा भेटिएको रगत लागेको हाफ सर्ट र जिन्सको हाफ पाईन्ट, मिर्चैया ५ का दिपक सदाको सीडीआर विवरण र घटनास्थलको वीटीएस डाटाकोआधार र मिसिल÷प्रतिवेदन प्रतिवेदनको आधार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले चोरी गर्ने उदेश्यले त्यहाँ पुगेका युवकहरुले हत्या गरेको बताएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।