काठमाडौं, साउन २९ गते । 
नवनियुक्त मन्त्री जनमत पार्टीका अनिता देवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि, नेकपा (माओवादी केन्द्र) का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार