
दिनेश महताे
गाैशाला, साउन २९ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकाका उप-मेयर रेणु महताेले कर्मचारीलाई दुर्ववहार गर्दै हातपात गरेको छ । उप-मेयर महताेले राजस्व शाखामा कार्यरत सहायक पाँचौ दिपेन्द्र यादवलाई दुर्ववहार गर्दै हातपात गरेको हाे ।
गौशाला नगरपालिकाका उप – मेयर महताेले आज करिब ३:१५ बजेकाे समयमा गौशाला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको राजस्व शाखामा कार्यरत सहायक पाँचौ दिपेन्द्र यादवलाई कार्यकक्षमा कामकाज गर्दै गरेको अवस्थामा सेवाग्राहीहरू समेत उपस्थित रहेको अवस्थामा कार्यकक्षमा गई विभिन्न बहानामा टेबलमा रहेका फायलहरू फाली निज कर्मचारी दिपेन्द्र यादवलाई असभ्य गालि गलौज गर्नुका साथै हातपात गरी ज्यान मार्ने समेत धम्कि दिईएको घटना प्रति हामी कर्मचारीहरू घोर भर्त्सना गर्दछौ । जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाले नगर कार्यपालिकाको कार्यालयमा कर्मचारीहरू असुरक्षित रहेको तथा कामकाज गर्ने वातावरण नरहेको ठहर गर्दै यस घटनाको उचित छानबिन गरी यथाशिघ्र दोषीलाई कार्वाहीको लागि माग गर्नुका साथै दोषीलाई कार्वाही तथा कामकाज गर्ने वातावरण सहज नहुन्जेल सम्म अनिश्चित कालका लागि नगरपालिका कार्यालय र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक सेवाहरू बाहेक सम्पूर्ण कामकाजहरू बन्द रहने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूलाई जानकारीका साथै यसबाट सेवाग्राहीहरूलाई पर्न गएको असुविधा प्रति सम्पूर्ण कर्मचारीहरू क्षमाप्रार्थी छौं जारी विज्ञप्तिमा उल्लेख छ ।