https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनवीर महतो 
गाैशाला, साउन ३० गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकामा कार्यरत कर्मचारीहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सिडियाेलाई ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाकाे प्रशासन प्रमुख सौर्य साहको नेतृत्वमा गएको कर्मचारीहरुको टोलीले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियाे) दिपक पहाडीसमक्ष ज्ञापनपत्र बुझाईएको हो ।

यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले घटनाको सम्बन्धमा निष्पक्ष तवरले छानविन गरि न्याय प्रत्याभ्ुति गर्नुपर्ने बताएका छन् । स्थानियतहमा भएको घटनाको सम्बन्धमा मेयरको नेतृत्वमा घटनाको सुक्ष्म रुपमा छानविन गरिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी पहाडीको भनाई रहेको छ ।

कार्यालयमा कार्यरत रहेको कर्मचारीहरु उपर उपमेयर रेणु महतोले विना कारण हातपातमा उत्रिएको भन्दै कर्मचारीहरु ज्ञापनपत्र बुझाएको कार्यालयका ईन्जिनियर नविन महतोले बताए । आज पहिलोदिन हातमा कालोपट्टि वाँध्दै धर्नामा बसेका कर्मचारीहरु दिउँसो जलेश्वर पुगेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गई सुरक्षाको प्रबन्धको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

यता गौशाला नगरपालिकाकी उपमेयर रेणु महतोले आफुमाथि गलत नियतवश आरोप लगाएको भन्दै प्रेस विज्ञप्ति सार्वजानिक गरिएको छ । समाजिक सजालमार्फत सो विज्ञप्ति जारी गर्दै उपमेयर महतोले घटनाको सम्बन्धमा कर्मचारीहरुले लगाएको आरोप निराधर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार