https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् ।

उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिएका छन् । उपचारका क्रममा काठमाडौँ पठाउनुपर्ने अवस्था आए मन्त्रालयसँग समन्वय गर्नसमेत उनले निर्देशन दिए ।

उनले भने, “मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौँ पठाउन निर्देशन दिएको छु ।” यहाँ उपचार सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताए ।

रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको गैँडाकोटस्थित अक्सफोड कलेजको ना १ क ६१३१ नम्बरको बसले ठक्कर दिएको थियो । सोही क्रममा चारवटा मोटरसाइकल र दुईवटा स्कुटर एकापसमा ठक्कर खाएका थिए ।

घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । शव बोकेको बोलेरो, गैँडाकोटस्थित अक्सफोड कलेजको बस, स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।
सभार : खबरहब

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट