https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, साउन ३१ गते ।  
बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्री टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर भई टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।

प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि किनेको बा ३ ख २८९४ नम्बरको टिपरमा आफैं आगजनी गरेको प्रहरीको आरोप छ ।

टिपर ४ महिनाअघि ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।

टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारकै योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

त्यसको भोलिपल्ट उनीहरु आफैंले टिपरमा आगो लगाउनेलाई खोजी गरी कार्वाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । तर पछि अनुसन्धान गर्दै जाँदा घटनामा उनीहरुकै संलग्नता देखिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका ३ जनालाई अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार