https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : सरकारले आउँदै गरेको दशैं र तिहारलाई लक्षित गरेर भारतसँग चिनी, चामल र धान माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० दिन पहिला भारत सरकारलाई पत्र लेखेर चिनी, चामल र धान मागेको हो ।

मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीले भने “मन्त्रालयले भारतसँग चिनी, चामल र धान माग गरेर पत्र पठाएको छ । ५० हजार हजार टन चिनी, एक लाख टन चामल र १० लाख टन धान माग गरिएको छ । भारतले चामल प्रतिबन्ध लगाउँदा अप्ठारो पारेका देशलाई दिने भनेको छ ।

त्यसैले पनि हामीले माग गरे अनुसारको चिनी, चामल र धान पाउने छौं ।” भारतले केही समय अघि बासमती बाहेकको चामल निर्यातामा प्रतिबन्ध लगाएको छ ।

नेपाललाई हाल चिनी, चामल र धानको अभाव नभएको तर चाडपर्व नजिकिँदै गएकाले अभाव नहोस् भनेर मन्त्रालयले चिनी, चामल र धान मागेको तिवारीले बताए ।

नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धान खेतीका लागि योग्य छ । तर, धान खेती योग्य ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा रहेको छ । ७० प्रतिशत धान खेती जमिनमा बर्खाको पानीको भर पर्नु पर्ने अवस्था रहेको छ ।

औसतमा नेपालमा प्रतिहेक्टर ४ टन धान उत्पादन हुन्छ । १४ लाख ७० हजार हेक्टरमा ५५ देखि ६० लाख मेट्रिक टन धान नेपालमा उत्पादन हुन्छ । सो उत्पादनले नेपालमा ८० प्रतिशतसम्म मात्रै माग धान्न पुग्छ भने २० प्रतिशत आयात गर्नुपर्ने बाध्यता हरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार