https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान, भदौ २ गते ।
सिरहाको लहानमा अपाङ्गता भएका ब्यक्तीहरुको लागी कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम अंगको लागि नापजाँच शिविर आयोजना गर्ने भएको छ । नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गर्न लागिएको संगठनले जानकारी दिएको छ ।

समाजलाई भलो होस् भने उदेश्यले मारवाडी युवाहरुको एक समुहले हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको दु:ख दाई पिडा हेरेर नि:शुल्क रूपमा ठुलो आर्थिक लगानीमा शिविर संचालन गर्न लागेका हुन् ।शिबिरमा दक्ष अनुभवी डाक्टरहरुद्वारा नापजाँच गरिने आयोजकले जनाए ।

सिराहाको लाहानमा शिविर आयोजना हुने भएको छ। लाहानको मारवाडी सेवा सदनमा भदौ २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर आयोजना हुने जनाइएको छ।त्यसै गरी झापाको बिर्तामोडको श्री अग्रसेन भवन शनिश्चरे रोडमा २२ भदौमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले बताए ।

शिविरमा नारायण सेवा संस्थानबाट आएका प्राविधिकहरूले शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) हरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गर्ने जनाइएको छ।शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सारडाले    जनाए।शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजक समितिले जनाए ।

नापजाँच पछि भारतको उदयपुरमा कृत्रिम अंग निर्माण हुने र त्यसका लागि डेढ दुई महिना समय लाग्ने जनाइएको छ । निर्माणपश्चात वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार