गाैशाला, भदौ ३ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकामा आन्तरिक सहमतिपछि तिन दिनका लागि कर्मचारीहरुले आन्दोलन स्थगित गरेको छ । गत साउन ३० गतेदेखि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु उपमेयरको विरुद्धमा गरेको विरोध तथा धर्ना कार्यक्रम आन्तरिक सहमतिपछि तिन दिनको लागी स्थगित गरिएको हाे ।
आईतबार आन्दोलनरत कर्मचारीहरुसँग नगर प्रमुख डा. दिपेन्द्र महतो लगायत वडाअध्यक्षहरुको उपस्थितिमा समस्या समाधान सम्बन्धि छलफल गरि तीन दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको नगर प्रमुख डा. दिपेन्द्र महतोले बताए । महतोले कर्मचारी माथि भएको व्यवहार प्रति खेद प्रकट गर्दै जनप्रतिनिधिबाट नै कर्मचारी असुरक्षित हुनु यो आफैमा अशोभनिय विषय रहेको बताए ।