माेरङ : बिराटनगर स्थित ग्रीनक्रस अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता पारिएकी शिशु फेला परेको छ ।
अस्पतालबाट अविवाहित युवतिबाट जन्मिएको उक्त शिशु (छोरी) लाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई बेचेको पुष्टि भएको हो । डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।
१० वर्षदेखी निसन्तान रहेकी दिल मायाले ५० हजार रुपैयाँ दिएर अस्पतालबाट शिशु लगेको प्रहरी समक्ष बयान दिएकी छिन ।ग्रीनक्रस अस्पतालबाट नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको आरोपमा अस्पतालका डाक्टर कर्णलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

बच्चाकी आमले आफुलाई थाहा नै नदीइ युवकले बच्चा बेपत्ता पारी होटलमा लगेर राखेको र फर्केर नपाए पछि युवती प्रहरीको शरणमा पुगेकी थिइन ।
