https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धरान : आफूमाथि दुर्व्यवहार गरिएको भन्दै धरानका मेयर हर्क साम्पाङले प्रहरीमा उजुरी दिएका छन् ।

साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका हुन् ।
मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए ।

साउन ६ गते शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ स्थित सर्दु जलाधार क्षेत्रको जग्गामा वृक्षारोपण गरेका थिए । उक्त जग्गामा वृक्षारोपण नगर्न अदालतले दिएको आदेशको बेवास्ता गर्दै पुनः वृक्षारोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए ।

जग्गाधनीले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै साम्पाङलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो भाइरल भएसँगै मेयर साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनी दिदै स्टाटस लेखेका थिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट