https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, भदौ ९ गते ।   
कान्ति बजार कृषि सहकारी संस्थाले हरियो तरकारी सामुहिक बजारीकरण (संकलन केन्द्र) सुरु गरेको छ । शनिबार महाेत्तरीकाे गाैशाला नगरपालिका १२ स्थित कान्ति बजार कृषि सहकारी संस्थाले हरियो तरकारी सामुहिक बजारीकरण अर्थात तरकारी संकलन केन्द्र सुरु गरेको हाे ।

कार्यक्रम गाैशाला नगरपालिका ग्रामीण उधम तथा विप्रेशन आयोजना (समृद्धि) काे प्राविधिक तथा आर्थिक सहयोग तथा कान्ति बजार कृषि सहकारी संस्थाकाे आयोजनामा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले तरकारी खरिद गरि उद्वाटन गरेर हरियो तरकारी सामुहिक बजारीकरणकाे सुरुवात गर्नुभयो ।

यसैगरी उद्वाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख डा. दिपेन्द्र महताेले यस आर्थिक वर्षको अन्तसम्म किसानकाे सिचाइकाे समस्या समाधान हुन्छ बाेर्डिङ जडान गर्ने मेशिनकाे खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मेशिन आउने बितिकै बाेर्डिङ जडानकाे काम अगाडि बढछ र अर्को कुराे किसानहरुले सामुहिक रुपमा तरकारी खेती गरे नगरपालिका सहयोग गर्न हरदम तयार रहेको उहाँले बताउनुभयो । साथै किसानहरुकाे के कस्तो समस्या समाधान तथा त्यसलाई निराकरण गर्न वडा नम्बर १२ काे वडा अध्यक्षकै नेतृत्वमा कार्यदल गठन गरि समस्या समाधान गर्ने समेत योजना बनाएको उहाँले बताए ।

अब यस भेगका कृषकहरू माग अनुसार नै हप्तामा दुई दिन शनिबार र मंगलबार बजारको दिन बिहानकाे समयमा उचित रेट दरमा हरियो तरकारी खरिदबिक्री गर्न सक्ने व्यवस्था गरिएको सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार याेञ्जनले जनाए ।

कार्यक्रममा विशिष्ट अतिथि रुपमा वडा नं. १२ का अध्यक्ष : कुशेश्वर सिंह, ग्रामीण उधम तथा विप्रेषण आयोजनाका लोकेन्द्र रावल, माेति गिरी, आलोक कर्ण, अतिथिमा कार्यपालिका सदस्य रिंकु राम, वडा सदस्य साैखिलाल राउत, सन्तलाल महताे, सुमित्रा कुमारी, लक्ष्मिनिया स्वास्थ्य चाैकीका प्रमुख : रमेश महताे, कृषि विकास शाखा गौशालाका प्रमुख : कमलेश कुमार यादव लगायत सहकारीका पदाधिकारी तथा सदस्यहरु, कृषकहरु लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट