पवन प्रसाद साह
बिरगंज, भदौ ७ गते ।
नेपाल–भारत सीमावर्ती क्षेत्रका जनतामा पञ्च प्राण कार्यक्रमको आयोजना गरी मानव बेचबिखन, साइबर सुरक्षा जस्ता गम्भीर विषयमा सबैलाई सचेत गराइएको थियो ।
मानव बेचबिखन विरुद्ध इकाइ सेक्टर मुख्यालय ४७ औं रक्सौल र प्रयास किशोर सहायता केन्द्र पूर्वी चम्पारणले मानव व्यापार,(बेचबिखन) बालविवाह, बाल यौन शोषण लगायतका समस्यालाई ध्यानमा राखेर +२ सरकारी सार्वजनिक हाईस्कुल सिक्टामा केटा र केटीहरूलाई एक दिने तालिमको आयोजना गरिएको थियो । उक्त तालिममा बालश्रम, साइबर अपराध लगायतका विषयमा छलफल भएको थियो ।
मानव बेचबिखन नियन्त्रण इकाई सेक्टर हेडक्वार्टर ४७ औँ रक्सौल (एएचटीयू) का इन्स्पेक्टर मनोज कुमार शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नुकार नाटक मार्फत बालबालिकालाई मानव बेचबिखनबाट हुने नकारात्मक असरबारे सचेत गराइएको थियो ।
प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणकी जिल्ला परियोजना संयोजक आरती कुमारीले मानव व्यापार, बाल यौन दुव्र्यवहार, बालविवाह मुक्त भारत अभियानमा सहकार्य गर्दै उपस्थित बालबालिकालाई बालविवाह नगर्ने सपथ ग्रहण गराएको थियो ।
एसएसबीका उपनिरीक्षक (सञ्चार) शिवनाथ मिश्रले विद्यालयका बालबालिकाका शिक्षकहरूलाई साइबर क्राइम र साइबर सेक्युरिटी र यी सबैबाट कसरी सजग रहन सकिन्छ भन्ने बारेमा बताएका थिए ।
एसएसबीका हवल्दार पम्मी मिश्राले मानव बेचबिखनबाट किन र कसरी सचेत हुन आवश्यक छ भनी बताएका थिए।सो अवसरमा ‘डी’ साम्वे ४७ औं बटालियन एसएसबी बलका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मानव बेचबिखन नियन्त्रण इकाई (एएचटीयू) क्षेत्रीय मुख्यालय ४७ औं रक्सौलका निरीक्षक मनोज कुमार शर्मा, स.अनिल कु शर्मा हवल्दार अरविन्द द्विवेदी हवल्दार पम्मी मिश्रा हवल्दार शिवांगी, एसएसबीका इन्स्पेक्टर ४७ औँ कोरको सञ्चार शाखाबाट शिवनाथ मिश्रा, प्रयास संस्थाका जिल्ला संयोजक आरती कुमारी, समाजसेवी राज गुप्ता, पवन कुमार इत्यादी विद्यालयका शिक्षकहरूको उपस्थिति थिए ।