
काठमाडौँ : गाई काटेको आरोपमा तनहुँमा तीन जना पक्राउ परेकाे छ । शनिबार साँझ शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपाली सहित ३ जनालाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।