https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, भदौ १० गते ।
नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाएको छ ।

बिरगंज स्थित ज्योति नगरमा रहेको नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा नेपाल महिला संघ पर्साले आयोजित संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंहको २७ औँ स्मृति दिवस मनाइएको हो ।

संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश‌ प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले सम्बोधन गर्दै महिलाहरूको पहिला कार्यक्रममा उपस्थित न्युन हुन्थ्यो अहिले महिलाहरुको हक अधिकारकाे लागि कुनै पनि कार्यक्रममा महिलाहरुको उपस्थिति बढि देखिरहेको छु यस्तै उपस्थिति बढि हुदै जाओस् भनि शुभकामना व्यक्त गरेका थिए ।

संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंहको २७ औँ स्मृति दिवसमा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम आफ्नो मन्तब्यको क्रममा भने पहिला कार्यक्रममा महिलाहरुको उपस्थिति न्युन थियो अहिले उपस्थिति बढदै गइरहेको हुनाले अब नेपाली कांग्रेसको कुनै पनि कार्यक्रममा महिलाहरुको उपस्थिति बढि हुने आशा गरेको बताए‌ ।

उक्त कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा, उपसभापतिमा रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्साका पुर्व उपसभापति दिना गुप्ता, नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह, महिला नेतृ रम्भा मि, नेपाली कांग्रेस पर्साका नेता धर्मराज यादव, बिरगंज महानगरपालिकाका उप-प्रमुख का स्वकिय सचिव शेष हजरा, नेता विवेक चौरसिया, नेहा मिश्र, संचारकर्मी राहुल गुप्ता लगायत पार्टीका विभिन्न भातृ संगठनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार