https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिमरा, पुस १३ गते ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बिहिवार स्वास्थ्य बिमा वापतको प्राप्त रकम हस्तान्तरण गरेका छन् ।

सिमरा स्थित रेडियो नागरिक ९०.८ मेगाहर्जको समाचार प्रमुख खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाको चेक हस्तान्तरण गरिएको हो । गत बैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गरेकी खतिवडाले बीमा वापत उक्त रकम प्राप्त गरेकी हुन् ।

आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९।०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकाय प्राधिकरणले गरेको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई बीमा सुविधा वापतको रकम हस्तान्तरण गरिएको हो । प्राधिकरणको बीमा कार्यक्रमबाट विमितको रुपमा लाभग्राही हुने खतिवडा पहिलो महिला सञ्चारकर्मी हुन् ।

नेपाल पत्रकार महासंघ बाराकी सदस्य खतिवडालाई चेक हस्तान्तरण गर्दै अध्यक्ष यादवले महिला पत्रकारलाई लक्षित गरी अघिल्लो वर्ष सुरु गरिएको बीमा कार्यक्रमलाई निरन्तरता दिईएको बताए । प्रदेशका सबै पत्रकार महिलाहरुलाई बीमा कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचनामार्फत आह्वान गरेर सहभागी गरिएको बताउँदै उनले बीमा सुविधाका लागि जनकपुरधाम स्थित प्राधिकरणसंग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

प्रदेशका सञ्चारकर्मी र सञ्चारमाध्यमहरुलाई सबल बनाउन आफु प्रयत्न गरिरहेको भन्दै अध्यक्ष यादवले सञ्चार क्षेत्रलाई स्थापित र स्थायित्व दिनका लागि गम्भिर हुन प्रदेश सरकारलाई आग्रह गरे । आफुले मधेश प्रदेशको सञ्चार क्षेत्रमा परिवर्तनमूलक अनुभूती हुने गरिहेको बताउँदै उनले भने ‘पत्रकारिता क्षेत्रको समस्याबारे मलाई अनुभभूती छ, त्यसैले केही गर्ने सोचका साथ अगाडि बढेको छु, सञ्चार क्षेत्रका लागि आवश्यक बजेट पाउनेमा आशावादी छु, चालु आर्थिक वर्षमै मधेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने लक्ष्य छ ।’

प्राधिकरणले मधेश प्रदेशका मिडियाहरुको संरक्षण प्रवद्र्धन गर्न कार्यविधि बनाई लोककल्याणकारी विज्ञापन निरन्तर रुपमा उपलब्ध गराउँदैआएको चर्चा गर्दै उनले सञ्चारकर्मीको दक्षता र क्षमता विकासका लागि पनि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यस्थलमै आएर प्राधिकरणले चेक हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै बीमा कार्यक्रमले पत्रकार महिलाहरुलाई सञ्चार क्षेत्रमा लाग्न थप प्रोत्साहन मिल्ने पीडित पत्रकार खतिवडाले बताईन् । बीमा कार्यक्रमबाट अन्य पत्रकार महिलाहरुलाई समेत लाभ लिन उनले आग्रह गरिन् ।

चेक हस्तान्तरणको अवसरमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमल कुमार उपाध्याय, बाराका अध्यक्ष दिवाकर भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, राष्ट्रिय बिमा कम्पनी लिमिटेड जनकपुरधामका निमित्त प्रमुख खगेन्द्र थापा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार