https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, माघ १२ गते । 
सर्लाहीमा कक्षा १२ मा अध्ययनरत किशोरी आफ्नै काेठामा मृत अवस्था फेला परेको छ । लालबन्दी– १६ ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली आज बिहान उनकै कोठामा मृत भेटिएकी हुन् ।

अञ्जलीले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । यद्यपी, आत्महत्याको कारण खुलेको छैन ।

परिवारले अञ्जली आफ्नै कोठामा सलको पासोमा झुण्डिएको बताएका छन् । अञ्जलीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाका बारेमा पोष्टमार्टमपछि थप जानकारी प्राप्त हुने प्रहरी निरिक्षक हरिबोल केसीले बताए ।

प्रहरीका अनुसार अञ्जलीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन् । त्यसपछि मात्रै परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटना शंकास्पद रहेको भन्दै प्रहरी थप अनुसन्धान सुरु गरेको छ । अन्जली लालबन्दीस्थित जनज्योती माविमा कक्षा १२ मा पढ्दै थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार