https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, माघ १२ गते । 
हिरासतमा रहेका थुनुवालाई भगाएर आफू पनि फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

लागु औषधसहित पक्राउ परी हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका भारतीय नागरिक अशरफ आलमलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादवलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

रौतहट घर भई लामो समय भारतमा लुकेर बसेका यादवलाई माघ ११ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

थुनुवासंग यसरी भागेका थिए यादव

खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा भारत पुर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने अन्दाजी ३९ वर्षका असरफ आलमलाई २०६४ साल जेठ ९ गते राति साढे ८ बजेतिर प्रहरी जवान बिरवल राय यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी ‘इन्स्पेक्टर सा’वले बोलाउनु भएको’ भन्दै बाहिर निकाली दुबैजना फरार भएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेका थिए ।

पछि १० लाखमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए । भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँ मात्रै दिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए । फरार उनीहरु दुवैजना त्यसपछि भने भारत पुगेका थिए ।

हाल काठमाडौं ल्याइएको उनलाई आज आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार