https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ १४ गते । 
पत्रकार एवम् नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोमाथि संघीय राजधानी काठमाण्डौंमा भएको दुव्र्यवहार तथा भेदभादको सम्बन्धमा गौशाला नगरपालिकाको ध्यानाकर्षण भएको छ । गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले आईतवार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनाको निष्पक्ष छानबिन गरि दाेषी उपर हदैसम्म कानुनी कार्वाहीकाे गर्न सरकारसँग जाेडदार माग गरेको हाे ।

पत्रकार राजकरण महतो सञ्चार क्षेत्रमा मात्रै होइन, सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्ति हुनुहुन्छ । विकास, सरकारी नीति र राजनीतिलाई मात्रै होइन, समाजका हरेक घटनालाई उचित स्थानमा पुर्याएर खबरदारीमा उहाँको सक्रियता आजसम्म नै रहेकै छ, चाहे जिल्लामा हुँदा होस् या राजधानीमा रहेर काम गर्दा हाेस ।

नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव र गौशाला नगर पत्रकार सञ्जालका सल्लाहकार समेत रहनुभएका उहाँ सधै जनताकै हितमा लाग्ने व्यक्तित्व हो । दुःखीको पीर व्यथा र अन्यायमा परेकालाई न्याय दिनमा आफैलाई समेत बिर्सिएर दिन रात भूईंमान्छेको कथा र व्यथा व्यवस्थामा लाग्ने उहाँ आज आफै पीड़ित हुनुपरेको तितो यथार्थले हामीलाई दुःखी बनाएको छ। घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

२०८० माघ ७ गते करिब १२:०० बजेको समयमा कोठाबाट पैदल यात्रा गर्दै आफू काम गर्ने कार्यालय अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक तर्फ जाने क्रममा काठमाडौंको तीनकुने स्थित सडक किनारमा रोकी राखेको वा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नाम गरेको बसका चालक र सहचालकले ‘भैया’ लगायत अपशब्दको प्रयोग गर्दै अभद्र व्यवहार गर्नुका साथै उहाँ माथि गालीगलौज र कुटपिटको प्रयास गरे। यो पहिलो घटना होइन। उहाँ लगायत तराई क्षेत्रका नागरिकले यस्तो दुव्र्व्यवहार लामो समय देखि भोगिरहेका छन् । जातीय र संस्कृतिक पहिचान एवं मधेसी समुदायमाथि गरिने यस्ता सार्वजनिक बेइज्जती कुनै पनि हालतमा सहने कुरै हुँदैन । संघीय राजधानीमै बारम्बार हुने यस प्रकारका घटनाहरू प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस प्रकारको क्रियाकलापको नगरपालिका घोर भत्सर्ना गर्छाै । अझै अर्को गम्भिर कुरा त घटना भएको पांच दिन पछि मात्रै बस र घटनामा संलग्न व्यक्तिलाई चौतर्फि दवाव पछि मात्रै प्रहरीले नियन्त्रणमा लियो । त्यो पनि राजधानी भित्र । यसरी एकजना सचेत नागरिक नै पीडित भएर समयमा उजुरी दिँदा पनि प्रहरी प्रशासनले समयमा कारवाही प्रक्रिया अघि नबढाउनु गम्भिर लापर्वाही हो । राजधानीमै यस्तो हुन्छ भने देशका कुना कुनामा प्रहरीले कसरी सेवा दिएको छ? पीडितले कसरी न्याय पाएका छन् ? सोचनिय विषय हो। यसमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघीय राजधानी काठमाडौमा मधेशी, थारु, मुस्लिम, दलित लगायत उत्पीडित तथा सोसित समुदायले कहिलेसम्म ‘भैया, धोती भाइ, विहारी, मर्सिया, अछुत’ भन्दै दोस्रो दर्जाको नागरिक सरह दुर्व्यहार खेप्ने भोग्ने ? यो सवाल यस घटनाले उजागर गरिदिएको छ । यो घटनाले नेपालको संविधानको धारा १६ मा उल्लेखित सम्मानपूर्ण बाँच्न पाउने हक, धारा १८ उल्लेखित समानताको हक, धारा २४ मा उल्लेख छुवाछुत तथा भेदभाव विरूद्धको हक माथि नै गम्भीर प्रहार गरेको छ । हामी भविष्यमा यस प्रकारको घटना नहोस् भनेर सबै पक्षलाई सचेत गराउन चाहन्छौं । घटनाको निष्पक्ष छानविन गरि दोषि उपर हदैसम्मको कानुनी कार्वाही गर्न सरकार संग जोडदार माग गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार