काठमाडौं, माघ २६ गते ।  
घर बाटो सिफारिस बापत १५ लाख रुपैयाँ घुस सहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादे विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते रङ्गेहात पक्राउ गरेको थियो ।

नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख  कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । :- नेपाल लाइभ

प्रतिक्रिया

सम्बन्धित समाचार