https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, माघ २८ गते । 
काठमाडौंकाे गौशाला स्थित बिजयचोकमा रहेको सिराहा धनुषा सर्लाही एन्ड गेष्ट हाउसमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब २८–२९ वर्षकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् ।

माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।कम्तिमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर अर्को चाबीले ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो ।

शव भेटिएको सिराहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा गएको भनेका थिए । त्यही आधारमा उनीसँग होटलमा बसेका व्यक्ति नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेका हुन् ।उनले होटलको रेकर्डमा गलत विवरण टिपाएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार