प्रेमचन्द्र झा
राैतहट, फाल्गुन ९ गते । राैतहट ।
राैतहटकाे गढिमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार बिहान ११ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर प्रस्ट नदेखिएको ट्याक्टर घटना स्थलमा रहेको हाे । उक्त ट्रयाक्टर चालक जिल्ला रौतहट गढिमाई न.पा. ९ बस्ने वर्ष ५५ को जय लाल सहनी र वर्ष ५० को राम नाथ सहनी सिटीअस्पताल गरुडामा उपचारको क्रममा मृत्युु भएकोले आवश्यक शव परिक्षणका लागि प्रादेशिक अस्पताल गाैर पठाईएको बताए ।

सोही दुर्घटनामा परि गम्भीर घाईते भएका वर्ष १७ को आकाश सहनी र वर्ष ७ किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि बिरगंज रेफर गरिएको नायब उपरीक्षक खनालले जनाए ।
वर्ष ६७ को राम प्रसाद सहनीको समान्य उपचार पश्चात डिस्चार्ज गरेको छ । उक्त ट्याक्टमा सवार जम्मा १७ जना रहेकोमा २ जनाको मृत्यु, ७ जना घाईते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर तर्फ गएको ६ जनाको उपचार भई रहेको र बाकी ८ जनालाई केही नभएको उनले बताए ।

अन्य घाईते वर्ष ४८ की गन्धी देवी, वर्ष ४५ की सुखली देवी, वर्ष १८ को नितेश सहनी, वर्ष १६ की अञ्चला कुमारी सहनीको प्रादेशिक अस्पताल गाैरमा उपचार भई रहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए । तटबन्धमा विपरीत दिशा तर्फबाट आई रहेका मोटरसाइकललाई साइड दिने क्रममा ट्रेकटर तटबन्धबाट तल खसेका थिए ।
दुबै जना मृतकको शव परीक्षण तथा सनाखतको लागी प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।

