https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन २० गते ।
धनुषाको जनकपुरधाम स्थित स्कूल बसले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै मृत्यू भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीस्थित ओभर स्पीड रहेको जनकपुरस्थित एन्जल्स स्कूलको बसले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै मृत्यू भएको छ भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आज (आईतबार) बिहान १०ः३० बजेको समयमा जनकपुरधाम–जलेश्वर सडक खण्ड अन्तर्गत बिन्धीस्थित एन्जल्स बोर्डिँग स्कूलको ओभरस्पीड बसले महिला माथि चढेपछि एक महिलाको मृत्यू भएको हो ।

सोही दुर्घटनामा छाै जना घाईते भएको प्रहरीले जनाएको छ । बिहेको लागि हुने मटकोर विधिको लागि माटो ल्याउन गइरहेकी महिलाहरुको समूहमाथि नै स्कूल बस चढेपछि किचिएर दुई महिलाको मृत्यू भएको हाे ।

सो घटनामा एक जनाको अवस्था गम्भिर रहेको बताईएको छ । मृत्यू हुनेमा अन्दाजी बर्ष ३६ की राखी देवी यादवको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बस तीव्र गतिमा चलाएपछि दुर्घटना भएको हो । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोषितहरु बसमा तोडफोड गरेको छ । स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार