बागलुङ, फाल्गुन २७ गते ।
काठेखोला गाउँपालिकाले बाँस तथा वेतसम्बन्धी एक महिने सीप विकास तालिम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आदिबासी जनजाति लक्षित स्थानीय ज्ञान सीपमा आधारित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत सो तालिम प्रदान गर्न लागेको हो ।

कार्यक्रममा पालिकाभित्रका स्थायी बासिन्दा, बाँससम्बन्धी उद्यम गरिरहेको वा गर्न चाहाने आदिबासी जनजातिले सहभागिता जनाउन सक्नेछन् । इच्छुक स्थानीय बासिन्दालाई सात दिनभित्र तालिमका लागि आवेदन पेश गर्न गाउँपालिकाले एक सूचना जारी गर्दै अनुरोध गरेको छ । सभार : पालिका खबर

प्रतिक्रिया

सम्बन्धित समाचार