गाैशाला, फाल्गुन २७ गते ।
महाेत्तरीमा २० हजार घुस रकम सहित असई र हवलदार रंगे हात पक्राउ परेको छ । गाैशाला नगरपालिका १२ स्थित प्रहरी चाैकी कान्तिबजारका प्रमुख प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र हवलदार मंजित कुमार झा २० हजार रकम सहित रंगे हात पक्राउ गरेको हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिसवाका अनुसार गाैशाला नगरपालिका १२ स्थित गैरीटाेल भन्दा पुर्व उतरपट्टी मुसहर बस्ती जाने बाटोमा करिब ५:३० बजेको समयमा उभिरहेकाे अवस्थामा चेकजाँच गर्दा हवलदार मंजित कुमार झाकाे पकेटबाट २० हजार रकम फेला परेपछि पक्राउ गरेको अख्तियारकाे कार्यालयले जनाएको छ ।
जग्गाको भाेग चलन सम्बन्धि विवाद मिलाई दिन्छु भन्दै सेवाग्राहीसंग लिएको २० हजार घुस रकम सहित पक्राउ परेका छन् । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकाे अख्तियारका कार्यालय बर्दिवासले जनाएका छन् ।

