https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लहान, चैत ३ गते । 
सिरहामा राष्ट्रपतिको हातबाट सम्मानको नाममा रकम असुली गरिएको छ । लहानस्थित पशुपति आदर्श माध्यामिक विद्यालय हिरक जयन्ती कार्यक्रममा सम्मान गरिने भन्दै असुली गरिएको बताइएको छ ।

आज आयोजित हिरक जयन्ती कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ । सोही क्रममा सम्मान गराइने भन्दै स्थानीय ठूला व्यापारीसँग रकम उठाइएको एक जना व्यापारीले उल्लेख गरेका छन् ।

असुलीको दर फाइनल नभएका कारण हिजो साँझसम्म सम्मान हुने व्यक्तिहरूको नाम थपिने क्रममा रहेको जानकारी दिइएको थियो । उक्त रकम कार्यक्रम आयोजनाको निम्ति भएको जानकारी दिइएको छ । निमन्त्रणा कार्डमा नै आर्थिक सहयोगबारे उल्लेख गरिएको बताइन्छ ।

आयोजकहरूले कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सहयोग गरेका २३ जना दातालाई सम्मान तथा पुरस्कृत गर्न लागिएको जानकारी दिएका थिए । हिरक जयन्ती कार्यक्रम आज मध्यान्ह राखिएको छ । काठमाडौंबाट महोत्तरी जानुभएका राष्ट्रपति सिरहा हुँदै फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार