जनकपुरधाम,चैत्र ८ गते ।
ऐतिहासिक मध्यमा परिक्रमा मा सहभागी तीर्थयात्रीहरुको सुबिधा सेवा का लागि परिक्रमा पराब स्थल औरहीहरुसाहा मा निशुल्क स्वास्थ शिविर को आयोजना गरिएको छ ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको प्रयास ,काव्या होस्पिटल जनकपुरधामको सहयोग तथा स्थानीय श्री जय भैरव युवा कल्व तथा श्री रामजानकी युवा कल्वको संयोजनमा मध्यमा परिक्रमामा नि:शुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ ।
काव्या होस्पिटलको सहयोगमा गत ५ वर्ष देखि निरन्तर परिक्रमा पराब स्थल औरहीमा नि:शुल्क स्वास्थ शिविरको आयोजना हुंदै आएको छ ।
जय भैरव युवा कल्वका अध्यक्ष लक्ष्मी मुखियाको संयोजनमा स्थानीय युवाहरुको सक्रियतामा प्रत्येक वर्ष परिक्रमामा सहभागी तीर्थयात्री गणको सेवाका लागि युवाहरुको सक्रिय सहभागिता रहदै आएका छन ।
यसै गरि औरही गाउँ पालिका वडा नं ५ का अध्यक्ष सरोज मंडलको संयोजनमा पनि नि:शुल्क स्वास्थ शिविरको पनि आयोजना गरिएको छ र साथै गायत्री परिवारको सहयोगमा पनि तीर्थयात्रीहरुको सेवामा नि:शुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ ।
यसैगरी ग्रामीण सेवा समाजको संयोजनमा मध्यमा परिक्रमामा सहभागी तीर्थयात्री हरुको सेवामा आवास तथा अन्न पनि वितरण गरिएको कुरा जसपा नेपाल औरहीका नगर अध्यक्ष कमल मण्डलले जानकारी दिएका छन ।
यस अघि औरही गाउँ पालिका वडा नं ६ का अध्यक्ष शंकरप्रसाद साहको संयोजनमा चक्कर गाउँमा परिक्रमा सहभागी तीर्थयात्री गणको सेवा नि:शुल्क स्वास्थ शिविर र खानेपानीको व्यवस्थापन गरिएको थियो ।

