https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र १० गते । 
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार मन्त्री परिषद विस्तार गरेको छ । सत्ता समिकरण फेरिएपछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तिन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गरेको हाे ।

नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन् । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए । शनिबार नियुक्त भएका मधेश प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार