ओमप्रकाश यादव
राैतहट, चैत्र १३ गते ।
रौतहटको गरुडाको कुशवाहा इन्टरप्राइजेजमा भिष्ण आगलागी भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं.४ गरुडा श्रीराम सुगर मिल्सको गेट अगाडि रहेको कुश्वाहा इन्टरप्राइजेजमा आगलागी हुँदा ८ करोड भन्दा बढिको क्षतिभएको छ ।
विद्युतसर्ट भएर भएको आगलागीबाट १२ थान मोटरसाइकल, मोटरसाइकलका विभिन्न स्पेयरपार्टसहरु, मोविल, टाएर लगाएतका सामान जलेर नष्ट हुँदा ६ करोड रुपैयाँ भन्दा बढिको क्षति भएको कुश्वाहा इन्टरप्राइजेजका सञ्चालक रणधिर कुश्वाहाले बताएका छन् ।
गरुडा नगरपालिका वडा नं.४ गरुडा निवासी सञ्चालक कुश्वाहा विगत ७ वर्षदेखी गरुडा स्थित रहेको आफना दाजु दीलिप कुश्वाहाको घरमा पसल सञ्चालन गरी मोटरसाइकल मर्मत सम्भारका काम गर्नुका साथै मोटरसाइकलका पार्टपुर्जाहरु होलसेल विक्रि गर्दै आएका थिए ।
चारतला भएको घरको पहिलो तलामा कुश्वाहा पसल सञ्चालन गर्दै आएका थिए भने दोश्रो र तेश्रो तलामा विक्रि गर्नका लागि मोटरसाइकलका पार्टपुर्जाहरु भण्डारण गरेर राखेका थिए ।
तर विद्युत सर्ट हुँदा पसल सहित चारैतलाको सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा यति ठुलो संख्यामा क्षति हुन गएको छ ।
आगलागीबाट सो घरमा समेत क्षति पुगेको छ । आगलागीबाट सो चारतले घरमा ठुलो क्षति पुगेको बताइएको छ । पसल, घर तथा सो घर भित्र राखिएको सबै सामान जलेर नष्ट हुँदा सञ्चालक कुश्वाहा र घरधनी दीलिप कुश्वाहा दुबै दाजुभाइ ठुलो चिन्तामा परेका छन् ।
होली खेल्न सो घरका सबै सदस्यहरुले आफना अर्कोघर फत्तेपुर गएको बेला सोमवार राति १२ बजेको समयमा विद्युत सर्ट भएर अचानक पसल र घरमा आगलागी भएको सञ्चालक कुश्वाहाले बताए ।
आगलागीबाट मर्मत गर्न राखिएको ११ थान मोटरसाइकल र एक थान नयाँ मोटरसाइकल जलेर पुर्णरुपमा नष्ट भएको छ ।
त्यस्तै मोटरसाइकलका स्पेयरपार्टसहरु, ठुलो संख्यामा मोविल, टाएर, टिउर, ५ थान सीसीटिभी क्यामरा, २ थान एलइडी टिभी, २ थान एसी, २ थान कम्प्यूटर, १ थान ल्यापटप लगाएतका सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको सञ्चालक कुश्वाहाले बताए ।
आगलागीबाट ठुलो संख्यामा मोविल र मोटरसाइकलका स्पेयरपार्टसहरु जलेर खरानी हुँदा आफु ठुलो समस्यामा परेको उनी बताउँछन ।
चारैतलामा एकै पटक आगलागी हुँदा समयमै आगो निभाउन नसकिएका कारण यति ठुलो मात्रामा क्षति भएको बताइएको छ ।
आगलागी भएको खबर थाहा पाउने वित्तिकै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी टोलीले आगो निभाउन पुगेका थिए ।
आगो निभाउन रौतहटका दुई र बाराको एक गरी तिनवटा बारुणयन्त्र परिचालन गरिएको थियो । प्रहरी र रौतहटको गौर, चन्द्रपुर तथा बाराको निजगढ नगरपालिकाको गरी तिनवटा बारुणयन्त्रले आगोलाई नियन्त्रणमा लिएको थियो ।

